प्रिमियर लिग : लिभरपुल र लेष्टर भिड्दै



काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुल र लेष्टर सिटीबीच प्रतिस्पर्धा हुने भएको छ। लिभरपुल र लेष्टरबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

लिभरपुल ८ खेलमा १७ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ भने लेष्टर १८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै आजै हुने खेलमा आर्सनलले लिड्स युनाईटेडसँग, एभर्टनले फुलहमसँग खेल्दा सेफिल्डले वेस्ट ह्यामसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्