इटालियन सिरी ‘ए’ फुटबल : मिलान र नापोली भिड्दै



काठमाडौं स्  इटालियन सिरी ‘ए’ फुटबलमा आज एसी मिलान र नापोलीबीच प्रतिस्पर्धा हुने भएको छ। मिलान र नापोलीबीचको खेल राति १:३० बजे सुरु हुनेछ ।

शीर्ष स्थानको मिलानले ७ खेलमा १७ अंक जोडेको छ भने नापोली ७ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

 सिरी ‘ए’ अन्तर्गत नै आज हुने अर्को खेलमा इन्टर मिलानले टोरिनोसँग, रोमाले पर्मासँग खेल्दा फियोरेन्टिनाले बेनेभेन्टोसँग खेल्नेछ । त्यस्तै हेलास भेरोनाले सासुओलो, साम्पडोरियाले बोलोग्ना र उडिनेजेले जिनोआसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्