जनतालाई सेवा दिन दत्तचित्त हुनुुहोस् : राष्ट्रपति भण्डारी



बाँके : राष्ट्रपति विद्यादेवी भण्डारीले बाँके र बर्दियाको विकास निर्माणबारे चासो लिएकी छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्न नेपालगञ्ज आएका राष्ट्रपति भण्डारीले आज ती जिल्लाका जनप्रतिनिधिसँग विकास निर्माणबारे छलफल गरेकी राष्ट्रपतिका प्रमुख सल्लाहकार भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले जनप्रतिनिधिलाई जनताको काम सहज रूपमा गर्न आग्रह गरेकी थिइन् । ‘नयाँ अनुभव भएकाले काम गर्नमा केही अलमल हुन सक्छ तर जनतालाई सहजरूपमा सेवा दिने कुरामा दत्तचित्त भएर लाग्नुहोस्’, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै अधिकारीले भने ।

सो अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश नं ५ का  सङ्घीय सांसद, प्रदेशसभा सदस्य, बाँके र बर्दियाका जिल्ला समन्वय समितिका प्रमुख– उपप्रमुख तथा स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्