देउवालाई ८ मन्त्रालय दिने ओलीको प्रस्ताव



काठमाडौं : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग ८ मन्त्रालय दिने प्रस्ताव राखेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको बेला काँग्रेस सभापति देउवा शनिबार दिउँसो प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका थिए ।

सोही भेटवार्तामा ओलीले देउवासँग साझा सरकारको प्रस्ताव राखेका थिए भने देउवाले सहयोगीहरुसँग सल्लाह गरी उचित निर्णय लिने आश्वासन दिएको बताइएको छ ।

तर, करिब डेढ घण्टा लामो भेटबारे प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको सचिवालयबाट भने औपचारिकरुपमा केही प्रतिक्रिया आएको छैन । संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले बोलाएपछि शनिबार दिउँसो देउवा प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए ।

उक्त भेटमा काँग्रेसको तर्फबाट सभापति देउवा, गोपालमान श्रेष्ठ र रमेश लेखक थिए भने ओलीको तर्फबाट उपप्रधानमन्त्री इश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल समोल भएको बताइएको छ ।

साथै साँझ प्रधानमन्त्रीसँग नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले समेत भेट गरेका थिए ।

यो पनि

भारतीय राजदूतसँगको भेटपछि देउवा र ओलीबीच गोप्य भेटवार्ता

प्रकाशित : मंसिर ७, २०७७

प्रतिक्रिया दिनुहोस्