भारती सिंह र हर्ष लिम्बाचियालाई न्यायिक हिरासतमा पठाइयो



काठमाडौं : टेलिभिजन प्रसारणका लोकप्रिय हाँस्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई हिरासतमा पठाइएको छ ।

हाँस्य कलाकार भारती उनका श्रीमान् हर्षलाई लागूऔषध केसमा गिरफ्तार गरेर मुम्बइमा ४ डिसेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाइएको बताइएको हो ।

बीबीसी हिन्दीले नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)का अधिकारीहरूलाई उद्धृत गर्दै भारती सिंह र उनका श्रीमानमाथि गाँजा सेवन गरेको आरोप रहेको लेखेको छ ।

लागूऔषधसम्बन्धी आरोपमा भारतीय हाँस्यकलाकार भारती सिंहलाई गिरफ्तार गरिएको एक दिन पछि उनका श्रीमान्‌ हर्ष लिम्बाचिया पनि आइतबार पक्राउ परेका थिए ।

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का जोनल निर्देशक समीर वानखेडेले भारती सिंहका श्रीमान्‌ हर्षलाई आइतवार गिरफ्तार गरिएको समाचार संस्था पीटीआईसँग पुष्टि गरेको छ ।

उनीहरूको घरबाट लागूऔषध गाँजा बरामद गरिएको एनसीबीका अधिकारीहरूले बताएका छन् ।यसअघि मुम्बईको अँधेरीस्थित भारती सिंहको घरमा गाँजा भेटिएपछि एनसीबीका अधिकारीहरूले शनिवार उनलाई गिरफ्तार गरेका थिए ।

प्रकाशित : मंसिर ७, २०७७

प्रतिक्रिया दिनुहोस्