कोरोना संक्रमणबाट जनस्वास्थ्य अधिकृतको निधन



सिरहा : आज सिरहामा कोरोना भाइरस संक्रमणका कारण जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ ।

सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशंकर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।

सप्तरीको राजविराज नगरपालिका-२ निवासी जनस्वास्थ्य अधिकृत देवलाई करीब दुई साताअघि कोरोना पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित :७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्