पाँच वर्षसम्म प्रमुख प्रतिपक्षको भुमिका काँग्रेसले जिम्मेवारीपूर्वक निर्वाह गर्छः सांसद खाँण



बुटवल  । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले ५ वर्षसम्म जनताले दिएको प्रमुख प्रतिपक्षको भुमिकालाई जिम्मेवारीपुर्वक आफनो पार्टी र दलले निर्वाह गर्ने बताउनु भएको छ ।

रिपोटर्स क्लवले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाले संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास र नागरीकका अधिकार कार्यान्वयनमा केन्द्रित भई पार्टीको संगठन निर्माणमा ५ वर्ष रचनात्मक प्रतिपक्षको भुमिकामा नै पार्टी रहने बताएका छन् ।

काग्रेस केन्द्रिय सदस्य खाँणले सरकार अस्थिर होस भन्ने काग्रेसको कुनै चाहना नभएको बताउदै जनाताका पक्षमा काम गर्न सकोस जनताले दुख नपाउन भन्ने पक्षमा नै पार्टी रहेको स्पष्ट पारे ।

केन्द्रिय सदस्य खाँणले पार्टीमा स्थायी गुट रहिरहदा समस्या रहेको उल्लेख गर्दै पार्टी भित्रको निर्वाचन एकल संक्रमणिय पद्धतिमा गर्नु पर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्