मानवअधिकार आयोग सक्षम र सबल छ : प्रदेश प्रमुख कायस्थ



जनकपुरधाम : प्रदेश–२ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले राष्ट्रिय मानव अधिकार आयोगले हरेक परिस्थितिमा सक्षम र सबल उपस्थिति देखाएको बताएका छन्।

बिहीबार जनकपुरधाममा आयोजित अन्तरक्रियामा बोल्दै प्रदेश प्रमुख कायस्थले मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदन सरकार तथा न्यायकर्मीले महत्वका साथ हेर्नुपर्ने बताए। मानवअधिकार आयोगले सबैलाई समान दृष्टिकोणले हेरेको उनको धारणा थियो।

कार्यक्रममा प्रदेश–२ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले मानव अधिकारको सवालमा यो प्रदेश अन्य प्रदेशभन्दा अघि रहेको दाबी गरे। उनले हरेक निकायमा प्रतिनिधित्व गराउन पुरुष तथा महिलाका लागि यस प्रदेशमा ५०–५० प्रतिशतका दरले आरक्षणको व्यवस्था गरिएको जानकारी दिए।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकको सहयोगमा भएको कार्यक्रममा प्रदेशसभा सदस्यद्वय परमेश्वर साह र चमेलीदेवी दासले तराई मधेशको दृष्टिकोणमा मानवअधिकार आयोग इमान्दार नभएको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्