मुकेश हत्या प्रकरण: पर्सा प्रहरीद्वारा हत्यामा संलग्न मुख्य आरोपी पक्राउ



पर्सा– मुकेश चौरासियाको हत्यामा संलग्न मुख्य आरोपीलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

आइतबार प्रेस विज्ञप्ती जारी गर्दै ईटियाहीका ३८ वर्षीय अखिलेस चौरासिया भन्ने अशेसर प्रसाद चौरासिया पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

पर्साकी एसपी गंगा पन्तको नेतृत्वको टोलीले उनलाई प्रहरीले विरगञ्ज २५ स्थित अलौ सिर्सियाबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको पन्तको भनाई छ ।

नेकपा पर्साका जिल्ला कमिटी सदस्य तथा विन्दवासिनी गाउँपालिका पार्टी सचिव मुकेश चौरासियाको कार्तिक ६ गते नेकपामा दुई पक्षबीचको विवाद पछि एक अर्कालाई प्रहार गर्ने क्रममा मृत्यु भएको थियो । चौरासियाको मृत्युपछि उनको न्यायको माग गर्दै पर्सामा दिनहुँ प्रदर्शन पनि भएको थियो ।

प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयको निर्देशनपछि पूर्वसभासद्‌ गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता भएको थियो ।

जाहेरीमा गुप्तासहित धीरज चौहान, जोखु राउत कुर्मी, वकिल मियाँ, सञ्जय चौहान, हनिफ मियाँ देवान, लक्ष्मण चौरसिया, अकलेस चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, देवा सहनी मलाह र जनार्दन चौहानको नाम उल्लेख छ । देवा सहनी मलाह, हनिफ मिया, अकलेस चौरसिया सहित चारजना भने पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्