भाजपाका प्रवक्तामाथि जुत्ता प्रहार



एजेन्सी : भारतीय जनता पार्टीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता जिविएल नरसिंहामाथि जुत्ता प्रहार भएको छ । पार्टी कार्यालयमा यसप्रकारको घटना पहिलो पटक भएको हो । 

पार्टीका महासचिव भूपेन्द्र यादवको उपस्थितिमा उनले चुनावकै विषयमा पत्रकारलाई जानकारी गराइरहँदा कानपुरका शक्ति भार्गवले जुत्ता प्रहार गरेका हुन् । 

घटनापछि भार्गवलाई पक्राउ गरिएको छ । भोपालमा भाजपाका तर्फबाट उम्मेदवार बनाउन लागिएको व्यक्तिलाई लिएर असन्तुष्टि जनाउँदै उनले प्रवक्तालाई जुत्ताले हानेको बताइएको छ ।

जुत्ता प्रहार गर्ने भार्गव कानपुरमा एक अस्पतालका सञ्चालक हुन् । 

यसअघि सन् २००९ मा कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री पी चिदंबरममाथि पनि कांग्रेस मुख्यालयमा जुत्ता प्रहार भएको थियो । 

प्रतिक्रिया दिनुहोस्