मौसम : हिमाली भेगमा पश्चिमी वायुको प्रभाव



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी तथा हिमाली क्षेत्रमा सोमबार आंशिकदेखि सामान्य बदली हुने र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

अहिले देशको पश्चिम क्षेत्रका हिमाली भेगमा पश्चिमी वायुको प्रभाव देखिएको महाशाखाले बताएका छन् ।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही देशका अरु क्षेत्रमा मौसम सामान्यता सफा रहेको छ ।

सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

देशका अरु क्षेत्रको मौसम सामान्यता सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।

देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैगरी मंगलबार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकीको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै राती सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा सामान्य बदली र तराई भूभागमा आंशिक बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा समेत आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार दिउँसो वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै राति वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक वदली रहनेछ । वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित : मंसिर ८, २०७७

प्रतिक्रिया दिनुहोस्