खेतमा काम गरिरहेकी श्रीमतीको खुकुरी प्रहार गरी हत्या



झापा : दमक नगरपालिका–१ का चुडामणि भण्डारीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

आइतबार साँझ ३७ वर्षीय श्रीमान चुडामणिले कमल गाउँपालिका– ६ स्थित खेतमा काम गरिरहेकी श्रीमती टिकामाया पौडेललाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार अर्का एक जना पुरुष पनि खुकुरी प्रहारबाट घाइते भएका छन् ।

भण्डारीले श्रीमतीसँगै धान उठाउँलै गरेका दमक–२ का प्रकाश चन्द्र दाहाललाई पनि खुकुरी प्रहार गरेर घाइते बनाएका हुन् । गम्भीर घाइते लाहालको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रवक्ता थापाले बताए ।

श्रीमतीको हत्या गर्ने भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।

प्रकाशित : मंसिर ८, २०७७

प्रतिक्रिया दिनुहोस्