काँग्रेसले सांसदमा मनोनित गरेका पाण्डेले आज शपथ लिँदै



काठमाडौं : नेपाली काँग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका मोहनप्रसाद पाण्डेले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।

सोमबार दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटाले पाण्डेलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने छन् ।

सांसद सूर्यबहादुर केसीको निधन भएपछि उनको स्थानमा पाण्डेलाई मनोनयन गर्ने निर्णय काँग्रेसले गरेको थियो । केसीको गत कात्तिक १७ गते राति निधन भएको थियो ।

स्थापित व्यवसायीसमेत रहेका उनी नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत थिए ।

प्रकाशित : मंसिर ८, २०७७

प्रतिक्रिया दिनुहोस्