नेकपा विवादलाई अवसरमा बदल्न सकिन्छ : ईश्वर पोखरेल



काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएका विवादलाई अवसरका रुपमा बदल्न सकिने बताएका छन् ।

सोमबार सामाजि सञ्जिा फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् ।

नेकपा नेता समेत रहेका पोखरेलले विचार, संगठन र नेतृत्वका विषयमा देखिएको अन्योललाई मेटाएर स्पष्ट मार्गचित्रसहित अघि बढ्ने अवसरमा बदल्न सकिने जनाएका हुन् ।

‘नेकपाभित्र अहिले देखिएका चुनौतीलाई यसबीच विचार, संगठन र नेतृत्वका विषयमा रहन गएका ग्रे एरियालाई मेटाएर सुस्पष्ट मार्गचित्रसहित अघि बढ्ने अवसरमा बदल्न सकिन्छ,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रकाशित : मंसिर ८, २०७७

प्रतिक्रिया दिनुहोस्