आज सुनको मूल्य स्थिर



काठमाडौं : साताको पहिलो दिन आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुन आज (सोमबार) स्थिर रहेको छ ।

शुक्रबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य ९४ हजार ३ सय कायम छ । आजका लागि तेजाबी सुनको मूल्य ९३ हजार ८ सय कायम भएको छ ।

आइतबारको तुलनामा चाँदीको मूल्यमा पनि कुनै फेरबदल आएको छैन । सोमबारका लागि चाँदी तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य उतार चढाव हुने गरेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।

प्रकाशित :८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्