
सञ्चारकर्मी ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्म ‘अनुराग’को ट्रेलर सार्वजनिक भएको छ। म्युजिकल लभ स्टोरी जनरामा निमार्ण भएको फिल्मको ट्रेलरमा अभिनेत्री एलिजा गौतम र नव अभिनेता समुन्द्रराज पण्डितको प्रेमभाव र संगीतमोहलाई देखाइएको छ।
सत्यराज चौलागाँईको निर्देशन रहेको ‘अनुराग’मा एलिजा र समुन्द्रसँगै सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राणा लगायतको अभिनय छ। ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको फिल्मलाई गीता भेटवालले निमार्ण गरेका छन्।
किरण दाहालको कथालेखन रहेको फिल्म ‘अनुराग’मा निर्देशक चौंलागाँई र आगत केसीको पटकथा एवम् संवाद रहेको छ।
फिल्म आउँदो असोज १२ गतेदेखि प्रदर्शनमा आउने छ।