कुलेखानीमा पानीकाे सतह गत वर्षभन्दा उच्च



हेटौंडा : कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरमा यो वर्ष पानीको सहत बढेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अवस्थित जलाशयमा गत वर्षको यो समयभन्दा अहिले पानीको सतह झण्डै पाँच मिटर बढेको हाे । 

 

अहिले जलाशयमा पानीको सतह एक हजार ५ सय २४ मिटर २४ सेन्टिमिटरभन्दा बढी पुगेको छ । गत वर्ष यही समयमा एक हजार ५ सय १९ मिटर मात्र थियो ।  कुलेखानी जलविद्युत् आयोजनाका अनुसर जलाशयमा हाल दैनिक पानी १० देखि ११ सेन्टिमिटर बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्