प्रधानमन्त्री ओलीले गरे स्वास्थ्य चौकी भवनको उदघाटन



घुन्सा : प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ घुन्सामा घुन्सा फाउन्डेसनको स्वास्थ्य चौकी भवन उदघाटन गरेका छन् ।

आज (सोमबार) दिउँसो प्रधानमन्त्री ओलीले स्वास्थ्य चौकी भवनको उदघाटन गरेका हुन् । सामुदायिक स्वास्थ्य इकाईको रुपमा सञ्चालित भवनबाट स्थानीय र कञ्चनजंघा हिमाल जाने पर्यटकलाई सेवा दिने गरिएको छ ।

घुन्सावासीले स्थायी स्वास्थ चौकी बनाई दिन माग गरे अनुरुप स्वास्थ्य चौकी बन्न लागेको हो ।

प्रकाशित :८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्