विप्लव समूहका कार्यकर्ता पक्राउ



महेन्द्रनगर : कञ्चनपुरमा विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्ने भीमदत्त नगरपालिका वडा नं.९ मटेना बस्ने २२ वर्षीय दिपेन्द्र सिह ऐरी रहेका हुन् । उनी गएराति ब्रहदेव हाइवेदेखि महेन्द्रनगरतर्फ पर्चा फाल्दै गरेको अवस्था पक्राउ परेका हुन् ।

विप्लव समूहका पर्चा पम्प्लेटसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए । थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्