आईएमईलाई लगातार चौथो सम्मान



काठमाडौं : सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा आईएमई रेमिट सम्मानित भएको छ ।

आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आईएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल भएको हो ।

विप्रेषणको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा आईएमईलाई यो लगातार चौथो सम्मान हो । श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिटेन्स बैंकिङ्ग संजालमार्फत नेपाल भित्र्याउने उद्देश्यले आजभन्दा २० वर्षअघि स्थापित आईएमईलाई नेपालको समग्र रेमिटेन्स व्यवसाय संस्थागत गरेको श्रेय जान्छ । नेपालमा विप्रेषण भित्र्याउने नेपालको अगुवा संस्था आइएमई हो ।

प्रकाशित :८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्