कांग्रेस सांसद पाण्डेले लिए पद तथा गोपनीयताको सपथ



काठमाडौं : प्रतिनिधि सभा सदस्य चयन भएका स्याङ्जाका मोहनप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

समानुपातिक निर्वाचन पद्दतिबाट चयन भएका पाण्डेलाई सभामुख अग्नि सापकोटाले सपथ गराए । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा नेपाली कांग्रेसले पाण्डेलाई चयन गरेको हो ।

केसीको गत कार्तिक १७ मा निधन भएको थियो । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद सचिवालयलाई जानकारी दिएको थियो । आयोगको पत्र प्राप्त भएपछि पाण्डेलाई शपथ ग्रहण गराइएको छ ।

प्रकाशित : ८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्