राजद्रोहको केसमा कंगनालाई तेश्रो पटक पुलिस स्टेशन उपस्थित हुन आदेश



काठमाडौं : बलिउड अभिनेत्री कंंगना रनौतलाई देश द्रोहको केसमा आज मुम्बई पुलिस स्टेशनमा उपस्थित हुन आदेश दिएको छ ।

तर अभिनेत्री भने अहिलेसम्म हिमाञ्चल प्रदेशमै रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी उपस्थित हुने सम्भावना कमै रहेको बताइएको छ ।

उनका वकील भने बान्द्रा पुलिस स्टेशनमा उपस्थित भएर थप तारिख माग्न सक्ने बताइएको छ । १८ नोभेम्बरमा कंगना र उनकी दिदी रंगोली चन्देललाई तेश्रो पटक उपस्थित हुन भनिएको थियो ।

उनीहरु दुबैमाथि सोसल मिडियामा साम्प्रदायिक तनाव फैलाएको र जर्जमाथि आपत्तिजनक टिप्पणी गरेकोमा केस दर्ता भएको थियो ।

प्रकाशित :८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्