करिव ६ दर्जन नेता कार्यकर्ता काँग्रेसमा प्रवेश



जनकपुरधाम : विभिन्न पार्टी परित्याग गरि करिव ६ दर्जन नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

धनुषाको औरही गाउँपालिका–२ परबाहामा आयोजित कार्यकर्ता भेटघाट एवं पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य राम कृष्ण यादवले नवप्रवेशी नेता तथा कार्यकर्तालाई टिका लगाएर पार्टीमा स्वागत गरेका छन् । नवप्रवेशी नेता कार्यकर्तालाई यादवले पार्टीको नीति, सिद्धान्त अनुसार सक्रिय भई कार्य गर्न आग्रह गरेका छन् ।

सत्यनारायण यादवको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बिशिष्ठ अतिथी जिल्ला सभापती महेश शंकर गिरी, नेपाली काँग्रेसका नेताहरु भोला चौधरी, राजकिशोर सिंह ब्रम्ह्देव यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको उदघोषण बिष्णु कान्त मिश्रले गरेका थिए ।

प्रकाशित : मंसिर ८, २०७७

प्रतिक्रिया दिनुहोस्