कमेडियन भारती र हर्ष धरौटीमा रिहा



काठमाडौं : ड्रग्स केसमा पक्राउ परेकी कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया धरौटीमा छुटेका छन् ।

उनीहरु शनिबार पक्राउ परेका थिए । हिजो अदालतले न्यायिक हिरासतमा पठाएको थियो । आज जमानतको निवेदनमाथि सुनुवाइपछि अदालतले उनीहरुलाई धरौटीमा रिहा गरेको हो ।

उनीहरुले मुम्बइको किला कोर्टमा जमानतको लागि निवेदन दिएका थिए । शनिबार नारकोटिक्स कन्ट्रोल ब्यूरोले भारती र हर्षका ३ घरमा छापा मारेको थियो । त्यस क्रममा उनीहरुको घरमा गाँजा बरामद भएपछि गिरफ्तार भएका थिए ।

प्रकाशित :८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्