६० प्रतिशत निर्माण सकिएकाे पुलको नक्सा नै गलत 



काठमाडौं : अनामनगरस्थित धोबी खोलामाथि निर्माणाधीन पुलको नक्सा नै गलत भएको पाइएको छ। निर्माण गर्दै जाँदा पिलर सडकभन्दा माथि उठेपछि मात्र ठेकेदारले यसबारे पत्तो पाएका हुन्। 

यो पुल ठेकेदार कम्पनी भण्डार थाङजी टेकले बनाउँदै आएको छ। 

कम्पनीका उमेश लामा अनुसार पुलको अवस्थिति अस्वाभाविक दखिएपछि जाँच्दा नक्सा नै गलत भएको फेला परेको हो। ‘झन्डै ६० प्रतिशत काम सकेका थियौं।’ उनले भने, ‘तर, नक्सामै गल्ती रहेछ।’ आजको कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ।

प्रतिक्रिया दिनुहोस्