सेयर बजारमा कारोबार रकम र परिसूचक दुवै घट्यो



काठमाडौं : आज नेप्से परिसूचक २.३८ अंकले घटेको छ । योसँगै कारोबार रकम पनि ४ अर्ब ७६ करोड रूपैयाँमा सिमित भएको छ ।

परिसूचक घटे पनि आज कारोबार भएका १२ मध्य ४ समूहमा सुधार आएको छ । पछिल्लो समय कारोबार रकममा लगातार कीर्तिमान कायम गर्दै गएको सेयर बजारको निरन्तर वृद्धिमा आज ब्रेक लागेको हो ।

साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएसँग वृद्धिमा ब्रेक लागेको छ । हिजो आइतबार नेप्सेमा ४ अंकको वृद्धिसँगै ६ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको थियो ।

आज परिसूचक २.३८ अंकले घटेको छ । योसँगै कारोबार रकम पनि ४ अर्ब ७६ करोड रुपैयाँमा सिमित भएको छ । यो, हिजोको कारोबर रकमको तुलनामा २ अर्ब १४ करोडले कम छ । परिसूचक घटे पनि आज कारोबार भएकामध्ये १२ मध्य ४ समूहमा सुधार आएको छ ।

बजार घटेको दिन आज उत्पादनमूलक समूहको सूचक १३३.९८ अंकले बढेको छ । होटल ७६.६९, व्यापार २९.१७ र बैंक समूह ६.०५ अंकले उकालो लागेका छन् । यीबाहेक अन्य सबै समूह राताम्य भएका छन् ।

सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको सूचक १८२ अंक र निर्जीबन बीमा कम्पनीको सूचक १२५ अंकले घटेका छन् ।

प्रकाशित :८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्