भारतीय विदेश सचिवको नेपाल भ्रमण पक्का



काठमाडौं– भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल आउने भएका छन् ।

उनीले मंसीर ११ र १२ मा नेपालको औपचारिक भ्रमण गर्ने भएका हुन् । विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात नेपालका लागि उनको यो पहिलो भ्रमण हो ।

यो भ्रमण भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता अनुरुप रहेको बताइएको छ । भ्रमणको क्रममा विदेश सचिवले आफ्नो समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल हसने भएको छ ।

भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्वपूर्ण हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्