प्रभु बैंकले ल्यायो ई-केवाईसी सेवा



काठमाडौं : प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंक लि. मा खाता खोली कारोबार गरेका ग्राहकले बैंकको वेबसाइटमा लगइन गरी अनलाइन मार्फत केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाएको छ ।

यसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता हटेको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसी सम्बन्धी सम्पूर्ण विवरणहरु यथा-समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुने बैंकले जनाएको छ ।

प्रकाशित :८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्