पूर्वमन्त्री जोशी साधारण तारेखमा रिहा



काठमाडौं : ललिता निवास प्रकरणमा विशेष अदालतमा हाजिर भएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो । पूर्व भूमिसुधारमन्त्री जोशी सोमबार अदालतमा हाजिर भएका थिए ।

उनी आजै साधारण तारेखमा छुटेका छन् । तत्कालिन भूमि व्यवस्थामन्त्रीका रुपमा जोशीले ललिता निवासको जग्गा व्यक्तिका नाममा जाने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लिएको आरोप लगाएको थियो ।

अख्तियारले जोशीविरुद्ध ७ करोड रुपैयाँ विगो दावी गरेर मुद्दा दायर गरेको थियो। गत वर्ष माघमा अख्तियार मुद्दा दायर गरेको थियो। जोशीले त्यतिबेला नै आफू निर्दोष रहेको बताउँदै ७ करोड विगो तिर्न नसक्ने बताएका थिए ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा अख्तियारले थप छानबिन गरेर मुद्दा चलाएको थियो । बालुवाटरको प्रधानमन्त्री निवाससँगै जोडिएको ११३ रोपनीभन्दा बढी सरकारी जग्गाका मिलोमतोमा व्यक्तिको नाममा दर्ता गरी बेचबिखन गरेको अभियोग छ ।

प्रकाशित :८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्