
एजेन्सी : पाकिस्तानी क्रिकेट बोर्डले इंग्ल्यान्ड विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ।
आगामी मे ३० देखि जुलाई १४ सम्म वान डे विश्वकप हुँदै छ।
पाकीस्तानी टोलीको नेतृत्व सरफराज अहमदले गर्नेछन्। बिहीबार घोषणा गरिएको टोलीमा तीव्र गतिका बलर मोहम्मद आमिरले स्थान बनाउन सकेनन्। पाकिस्तानले सादव खान, शाहिन अफ्रिदी, मोहम्मद हसनलगायत युवा खेलाडीलाई मौका दिएको छ।
विश्वकप अघि पाकिस्तानले इंग्ल्यान्डसँग एक टी ट्वान्टी र पाँच वान डे खेल खेल्ने कार्यतालिका छ। पाकिस्तानले ३१ मे मा वेस्ट इन्डिजसँग खेल्दै विश्वकपमा सुरुवात गर्ने छ।
१ सरफराज अहमद कप्तान तथा विकेटकिपर
२ अबिद अली
३ बाबर आजम
४ फहिम असरार्फ
५ फकार जमान
६ ह्यारिस सोहेल
७ हसन अली
८ ईमाद वासिम
९ इमाम उल हक
१० जुनैद खान
११ मोहम्मद हफिज
१२ मोहम्मद हसन
१३ सादब खान
१४ शाहिन शाह अफ्रिदी
१५ सोएव मालिक