४ करोड ७ लाख संक्रमणमुक्त, १३ लाख ९३ हजार भन्दा बढीको मृत्यु



काठमाडौं : विश्वभर कोरोना भाइरसका कारण विरामी भएकाहरु ४ करोड ७ लाखभन्दा बढी निको भएका छन् भने १३ लाख ९३ हजारको मृत्यु भएको छ ।

आज (सोमबार) बिहानसम्ममा ४ करोड ७ लाख ५६ हजार २ सय ६९ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा ५ करोड ८९ लाख ६७ हजार ५ सय १९ जनामा कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये १३ लाख ९३ हजार १ सय ७३ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा १ करोड ६८ लाख १८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड २५ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ७४ लाख ५२ हजारभन्दा बढी निको भएका छन् भने २ लाख ६२ हजार ६ सय ९४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९१ लाख ४० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८५ लाख ६१ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार ७ सय ७३ पुगेको छ ।

नेपालमा हालसम्म २ लाख २० हजार ३ सय ८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये १ लाख ९९ हजार २४ जना निको भएका छन् । यहाँ कोरोनाबाट १ हजार ३ सय २१ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित :८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्