बालिका बलात्कारपछि हत्या : आरोपितको घरमा लगाइएको आगो निभाउन पुगेको दमकललाई स्थानियको रोक



महोत्तरी : महोत्तरीको बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् ।

No description available.

हत्या गरेको आरोपमा पक्राउ परेको गौशाला नगरपालिका–५ का अरुण कुमार साहको बर्दिवास नगरपालिका–१४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् । आगो नियन्त्रणमा लिन बर्दिबास नगरपालिकाबाट पुगेको दमकललाई स्थानीयले रोकेका छन् भने आगो निभाउन दिएका छैनन् ।

No description available.

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईले स्थानिहरुको अत्यधिक भिड रहेका कारण आगो नियन्त्रण गर्न नदिइरहेकोले अहिलेसम्म आगो नियन्त्रणमा नआएको बताए । घटना स्थलमा रहेको प्रहरी नायव उपरीक्षक चापागाईले प्रदर्शनलाई नियन्त्रण गर्न करिब २२ राउण्ड आँसु ग्यास प्रहार गरिएको जानकारी दिए ।

No description available.

आइतबार साँझ बर्दिबास नगरपालिका–१४ शुभम् बस्तीबाट बेपता भएकी ६ वर्षीय बालिका गुलाब साह खातुनको सोमबार राति बोरामा शव फेला परेको थियो । खातुनको शव बोरामा राखेर झाडीमा फालेको अवस्थामा सोमबार फेला परेको थियो ।

No description available.
No description available.
No description available.

प्रकाशित : मंसिर ९, २०७७

प्रतिक्रिया दिनुहोस्