नेपालगञ्जमा प्यूठानका कोरोना संक्रमित पुरुषको मृत्यु



नेपालगञ्ज : प्यूठान नौबाहिनी गाउँपालिका–६ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको आज नेपालगञ्जमा मृत्यु भएको छ । उनको भेरी अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान नौ बजे मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार स्वास्थ्यमा समस्या भएपछि कात्तिक ३० गते कोहलपुर मेडिकल कलेजमा ल्याइएको ती पुरुष मा मंसिर १ गते कोरोना पोजेटिभ देखिएको हो । त्यसपछि उनलाई मंसिर २ गते भेरी अस्पताल नेपालगञ्जमा ल्याइयो थियो ।

बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या अहिलेसम्म ४८ जनाको मृत्यु भएको छ ।

प्रकाशित : मंसिर ९, २०७७

प्रतिक्रिया दिनुहोस्