बालिका बलात्कारपछि हत्या : प्रदर्शनमा उत्रिएकामाथि प्रहरीको गोली प्रहार, तीनजना गम्भीर



बर्दिबास : महोत्तरीको बर्दिवासमा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका छन् ।

महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि हत्या भएको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयवासीमाथि प्रहरीले गोली चलाएको हो । गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् ।

गोली लागेर बर्दिबास नगरपालिका–१ घर भएका बुद्धिराज भनिने संजय न्यौपाने, श्याम कार्की र एकजना अर्का प्रदर्शनकारी घाइते भएका हुन् । संजयको तीघ्रमा गम्भीर चोट लागेको भने कार्कीको टाउको फुटेको जनाइएको छ ।

संजयलाई उपचारका स्थानीय पिनाकल अस्पतालमा लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि बाहिर लैजाने तयारी भइरहेको जनाइएको छ । अहिले बर्दिबास चोकमा मृतक बालिकको शव राखेर प्रदर्शन भइरहेको छ । बिहानैदेखि बन्द भएको राजमार्ग प्रहरीले बल प्रयोग गरेर खुलाएको छ ।

यो पनि

बालिका बलात्कारपछि हत्या प्रकरण : बर्दिवासमा देखिएको यो दृश्य (फोटोफिचर)

बालिका बलात्कारपछि हत्या : आरोपितको घरमा लगाइएको आगो निभाउन पुगेको दमकललाई स्थानियको रोक

बालिकाको बलात्कारपछि हत्या : स्थानीयद्वारा आरोपितको घरमा आगजनी

प्रकाशित : मंसिर ९, २०७७

प्रतिक्रिया दिनुहोस्