बैतडीमा जीप दुर्घटना : ५ जनाको मृत्यु, ४ घाइते



बैतडी : बैतडीमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका–१० बुड्डा भन्ने स्थानमा दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० वर्षीया पार्वतीदेवी चन्द, सोही ठाउँका ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

यसैगरी दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

तीव्र गतिमा रहेका जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । दुर्घटना हुने वित्तिकै फरार रहेका जीप चालक गोपाल कार्कीको फरार भएका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मृत्यु भएका सबैजना भारतबाट पेन्सन बुझेर आउँदै गरेको बुझिएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबारसम्मका लागि झुलाघाट नाका खोलिएको छ ।

प्रकाशित : मंसिर ९, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : आज उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत

काठमाडौं : नेपाली कांग्रेसले आज (शनिबार) देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।

काठमाडौं : पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु

इन्डोनेसिया : इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस

काठमाडौं : एकै पटक दुई दर्जन नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले अवकाश पाएका

काठमाडौं : विश्वमा अबको डेढ महिनाभित्रमा थप ३० लाख मानिसको कोरोना संक्रमणबाट मृत्यु हुनसक्ने एक

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’को रिहाईका लागि

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतलाई प्रभावित पार्ने अभिव्यक्ति नदिन आग्रह गरेका

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई

काठमाडौं : पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको

काठमाडौं : थारु समुदायको नयाँ वर्ष माघी ‘माघी महोत्सव’ यस वर्ष काठमाडौंको अनामनगरस्थित तमु बौद्ध