थप १७९० जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर २ हजार ७ सय ९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ ।

हाल देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय २७ जना क्वारेन्टिनमा छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार २४ घण्टामा संक्रमित पुष्टि हुनेमा ४१० र ५३७ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित : मंसिर ९, २०७७

प्रतिक्रिया दिनुहोस्