भुईँमा ढलेका सफारी चालकको घटनास्थलमै मृत्यु



विराटनगर : एक सफारी चालकको भुईँमा लडेर घटनास्थलमै मृत्यु भएको छ ।

मोरङको कटहरी गाउँपालिका १ चौधरी चोकमा गुडिरहेको सफारीबाट ढलेका विराटनगर महानगरपालिका २ का ३५ वर्षीय सुनिल मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार मण्डल को २ ह ५४९२ नं.को खाली सफारी लिएर विराटनगरबाट मिलनचोकतर्फ जाँदै थिए । सडकमा गुडिरहेको सफारीबाट उनी ढलेका हुन् । प्रहरीका अनुसार लडेका चालक आफैंले सफारी चलाइरहेका थिए । एक्कासी शरीर भुइँमा ढले पनि उनको खुट्टा सफारीमै अड्किएको थियो ।

सफारी सडकमै रोकिएको थियो । घटनापछि प्रहरीलाई खबर गरेका स्थानीय बासिन्दाका अनुसार अचानक भुइँमा ढलेको केही बेरमै चालक मण्डलको मृत्यु भएको थियो । प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रकाशित :९ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्