मेस्सीलाई भगवान् मानेकाे प्रति पाेपकाे आपत्ति, किन यसाे भने ?



एजेन्सी :  मेस्सीलाई उनका समर्थक र विश्व समुदायले भगवान मानेकोप्रति पोप फ्रान्सिसले निन्दा गरेका छन्। यस भनाइप्रति उनले आपत्ति जनाएका छन्। उनले मेसीलाई भगवान् भन्नु ईश्वरको निन्दा भएको बताएका छन्। 

हालसालै एउटा स्पेनी टेलिभिजन च्यानलले पोपलाई मेसीलाई भगवान् ठान्नुहुन्छ भनी सोधेको थियो। उत्तरमा पोपले भने, ‘म उनलाई भगवान् ठान्दिनँ। उनलाई भगवान् भन्नु हुँदैन। उनी महान् फुटबल खेलाडी हुन्, तर भगवान् होइनन्। उनलाई यसो भन्नु ईश्वरको निन्दा गर्नु हो।’ 

पोपले मेसीलाई सन् २०१३ मा भेटेका थिए। उनले त्यतिबेला पेले, म्याराडोना र क्रिस्टियानो रोनाल्डोभन्दा मेसी महान् खेलाडी भएको बताएका थिए। बार्सिलोना क्लबका समर्थक भने मेसीलाई भगवान् नै मान्ने गर्छन्। यसमाथि पोपको टिप्पणी थियो, ‘उनी महान् खेलाडी हुन् तर भगवान् होइनन्। उनलाई भगवान् नभन्नू।’ 

प्रतिक्रिया दिनुहोस्