बालिका बलात्कारपछि हत्या : प्रहरीको गोली लागि घाइते भएका सञ्जयको मृत्यु



काठमाडौं : ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या विरोधमा उत्रिएका महोत्तरी बर्दिवासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका तीनजनामध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सञ्जय भनिने बुद्धिराज न्यौपाने रहेका छन् ।

गोली लागेर गम्भीर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो । उनको मंगलबार राति १ बजे उपचारको क्रममा अस्पतालमै मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

उनीसँगै घाइते अर्का श्याम कार्कीको भने उपचार भइरहेको छ । न्यौपानेको मृत्युसँगै बर्दिबासमा थप तनावको स्थित सृजना भएको छ ।

घटनास्थलमा थप तनावको स्थिती पैदा नहोस् भनेर बुधबार बिहान ८ सुरक्षा समितीको बैठक बस्दै छ । कफ्र्यु वा निषेधाज्ञा लगाउने विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्