कालोपत्रेको शिलान्यास गर्न पुगे प्रदेश मन्त्री



वीरगन्ज : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शुक्रबार बाराका विभिन्न भौतिक पूर्वाधार योजनाको शिलान्यास गरेका छन् । मन्त्री सोनलले बाराको विश्रामपुर गाउँपालिकामा करिब १२ किलो मिटर सडक कालो पत्रेको शिलान्यास गरे । 

कालोपत्रेको शिलान्यास गर्दै मन्त्री सोनलले सडक निर्माणले बाराको दक्षिणी भेगको जनताको जनजीवन सहज हुने विश्वास लिएको बताए । ‘सडकको दुरावस्थाले गर्दा यहाँको जनताले निकै दु:ख पाएका थिए, बर्षातको समयमा सडक हिलाम्मे भएपछि आवतजावत पूर्ण रूपमा ठप्प हुन्थ्यो,’ उनले भने, ‘सडक निर्माण भएपछि यहाँको जनतालाई सहज हुने विश्वास लिएको छु ।’

स्थानीयलाई विकास निर्माणको योजना बनाउन आग्रह गर्दै मन्त्री सोनलले त्यस्ता योजनामा सरकारले रकम उपलब्ध गराउने आश्वासन दिए । मन्त्री सोनलले वीरगन्जको नगवा–नीलकण्ठा जोड्ने करिब ६ किलोमिटर र नेशनल मेडिकल कलेज–फुलवरीया हुँदै फेटा जाने सडकको शिलान्यास गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्