…,तर झन् बढ्दै छ महिला हिंसा



काठमाडौं : महिला हिंसाविरुद्धको १६ दिने अभियान आज (बुधबार)देखि देशव्यापी रुपमा शुरु भएको छ । ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता : व्यक्ति, समाज र सबैको एक्यबद्धता’ भन्ने मूल नाराका साथ हरेक वर्षको २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरिन्छ ।

२०५४ सालदेखि यो अभियान निरन्तर चलिरहेको छ । लैंगिक हिंसाको अन्त्य तथा सन् २०३० सम्म विकासोन्मुख राष्ट्रतर्फ उन्मुख हुने उद्देश्यले हरेक वर्ष १६ दिने अभियान सञ्चालन हुने गरेको छ । तर, यस वर्ष कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित हुन नसक्ने भएकाले भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने तयारी भएको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अन्तर्गतको लैंगिक हिंसा निवारण शाखाकी उपसचिव रोशनी देबी कार्कीले महिला हिंसा विरुद्धको १६ दिने अभियानका लागि तीनै तहमा सरकारलाई पत्र पठाइसकेको जानकारी दिएकी छन् ।

विभिन्न अध्यनहरु अनुसार संसारभरिका प्रत्येक तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनैनकुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ । त्यस्तै अर्को अध्यनले संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरीक या यौनजन्य हिंसाको शिकार भएका हुन्छन् भन्ने तथ्याङ्कले देखाउँछ । अर्कोतर्फ पुरुषहरुबाट कहिलेकाँही जानअञ्जानमा महिलाको संवेदनामा ठेस पुग्ने महिला हिंसाजन्य कार्यहरु भइरहेको हुन्छ ।

महिला हिंसाका क्रियाकलापहरु फराकिलो दायराअन्तर्गत महिलाहरुको स्वीकृती बेगैर उनिहरुलाई असहज र अश्लिल कुरा सुनाउने कार्यहरू यौनजन्य हिंसाभित्र पर्दछ । केटी जिस्क्याउनुलाई पुरूषार्थसँग जोडेर कम्मर कसेर जिस्क्याउने अल्लारे उस्तादहरुदेखि बाटोमा साईकल या मोटरसाइकल कुदाउँदा छेउमा महिला देखेर हर्न बजाउने अनि घुरेर हेर्ने अनेक क्रियाकलाप अथवा बानी तपाईहामी धेरैमा हुनसक्छ । एक पटक हामी आफै सच्चिन पनि प्रयास गर्ने की ?

विपरित लिङ्गि प्रति आकर्षित हुनु स्वभाविक हो तर आकर्षणको अर्थ हिंसा हैन । कर–बल हैन माया, तर्क हैन, भावना अनि शरीर हैन मन जित्नसक्ने पुस्ताको खाँचो छ, नयाँ पुस्तामा लैङ्गिक समानताका धारणाहरुको विजारोपण गर्न जरुरी छ । शरीर हैन मन जित्ने कला सिकाउन जरुरी छ अनि नारी पुरुषसँगै हिँड्ने समान समाज आजको आवश्यता हो ।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो ।

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्