काठमाडौं र भक्तपुरका प्रजिअ गृहमा तानिए



काठमाडौं : गृह मन्त्रालयले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जनकराज दाहाल र हुमकला पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो ।

दाहाल २०७६ भदौ १८ गतेदेखि काठमाडौं प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए भने पाण्डे २०७६ मंसिर २५ देखि भक्तपुरको प्रजिअमा थिए ।

काठमाडौंको प्रजिअमा गृह मन्त्रालयमा कार्यरत सहसचिव कालीप्रसाद पराजुली र भक्तपुरमा धनुषाका प्रजिअ प्रेमप्रसाद भट्टराईलाई सरुवा गरिएको छ ।

भट्टराई गत साउनमा मात्रै धनुषा प्रजिअमा सरुवा भएका थिए । सरुवा नियमित प्रक्रिया भए पनि गृहले कतिपय विभाग, कार्यालय, महाशाखा र प्रजिअलाई एक वर्षको अवधि पनि एक ठाउँमा काम गर्न दिएको छैन । धनुषाका प्रजिअ भट्टराईको पछिल्लो पटक चार महिना नपुग्दै भक्तपुर सरुवा भएको हो ।

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्