
काठमाडौँ : सवारी कारबाहीबाट जोगिन प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् ।
काठमाडौँको नर्सिङ्ग चोकमा महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीलाई घुस दिन खोज्ने बा.४८ प.१८६१ नम्बरका मोटरसाइकल चालक इटहरी नगरपालिका-२ का प्रेम कटुवाल हिरासतमा पुगेका हुन् ।
उनी शुक्रबार बिहान ४ बजे मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको अवस्थामा भेटिएका थिए । कटुवालले वान वे मा मोटरसाइकल चलाइरहेको अवस्थामा प्रहरीले रोकेको थियो । प्रहरीले कारवाही गर्न खोज्दा एक हजार रुपैयाँ घुस दिएर जोगिन खोजेका थिए । उनलाई नगदसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।