नेविसंघको स्थापना दिवशमा वृक्षरोपण



जनकपुरधाम : नेपाली कांग्रेश प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले सरकारको अधिनायकवादबिरुद्ध आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघको ४९ औ स्थापना दिवसको अवसरमा जनकपुरधाममा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । 

सरकार एकलौटी रूपमा अघि बढिरहेको भन्दै उनले जनताको काम नगरी आफ्नो स्वार्थमा लाग्नेबिरुद्ध खबरदारी गर्न पनि नेपाल विद्यार्थी संघका कार्यकर्तालाई निर्देशन दिए । 

नेविसंघ धनुषाले स्थापना दिवसका अवसरमा जनकपुरधामस्थित पार्टी कार्यालयमा वृक्षरोपण गरेको हो । कार्यक्रममा नेविसंघ धनुषाका सभापति सुजित मिश्रसहित विभिन्न नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्