गृह जिल्लामा विष्णु पौडेललाई कालो झण्डा



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई गृह जिल्ला बुटवलमा कालो झण्डा देखाइएको छ।

मंगलबार बुटवल पुगेका अर्थमन्त्री पौडेल बुधवार सैनामैनामा आयोजित कार्यक्रममा जाने क्रममा बुटबलस्थित नेपालगञ्ज रोडमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् ।

अहिले सैनामैना नगरपालिका सैनामैना मावि र पर्रोहा माविको नव निर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

लुम्बीनि प्रदेशको राजधानी ‘दाङ’सँग अर्थमन्त्री साटेको आरोप पौडेलमाथि लागेको छ । पौडेल रुपन्देही क्षेत्र नम्बर २ का सांसद हुन् । संसदीय चुनावमा बुटवललाई नै स्थायी राजधानी बनाउने नारा दिएर उने चुनाव जितेका थिए ।

दाङलाई स्थायी राजधानी कायम गरेपछि बुटवलका नेकपा सम्बद्ध व्यवसायीहरु पनि उनीदेखि रुष्ट छन् । उनीहरुले नेकपाबाट सामूहिक राजीनामा समेत दिएका थिए ।

तीन दिनका लागि गृह क्षेत्र पुगेका उनले तिनाहुँ दानव करिडोरको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्