बाँकेमा दाङकी कोरोना संक्रमित महिलाको मृत्यु



बाँके : बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ दाङ घर भएकी ७७ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार राति सवा १२ बजे मृत्यु भएको हो ।

मंसिर ५ गते बिहान अस्पताल भर्ना भएकी उनमा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।

रोगको प्रकृतिअनुसार अक्सिजन थेरापी, एन्टिबायोटिक, रेम्डिसिभिरलगायतका औषधि प्रयोग गरी उपचार गराउँदा पनि उनलाई बचाउन नसकिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्