फेरी घट्यो सुनको मूल्य



काठमाडौं : मंगलबार १८ सयले घटेको सुनको मूल्य फेरी घटेको छ । बुधबार सुनको प्रतितोला मूल्य एक हजार रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले बुधबारको कारोबारका लागि छापावाल सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको कारोबार मूल्य ९१ हजार रुपैयाँ छ ।मंगल

बार छापावल सुनको मूल्य ९२ हजार पाँच सय र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेको छ । मंगलबार एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदीको बुधबारको भाउ एक हजार १७५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्