आईसीसीको अध्यक्षमा ग्रेग बार्कले



काठमाडौं : इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) ले नयाँ अध्यक्ष पाएको छ ।

आईसीसीको अध्यक्षमा न्युजिल्याण्डका ग्रेग बार्क निर्वाचित भएका हुन् । उनी सन् २०१२ यता न्युजिल्याण्ड क्रिकेटका प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

यसअघि आईसीसीलाई सशांख मनोहरले नेतृत्व दिएका थिए र उनको कार्यकाल गत जुलाइमा सकिएको थियो । उपाध्यक्ष इमरान ख्वाजाले अन्तरिम अध्यक्षको रुपमा आईसीसीको नेतृत्व गर्दै आएका थिए ।

अन्तरिम अध्यक्षको जिम्मेवारी सम्हालेका ख्वाजासँगको प्रतिष्पर्धामा बार्कलेले बाजी मारेका हुन् । आईसीसीको अध्यक्षमा निर्वाचित भएसँगै बार्कलेले नयाँ जिम्मेवारी आफ्नो लागि सम्मानको विषय भएको प्रतिक्रिया दिएका छन् ।

उनले कोभिड-१९ को महामारीबाट बाहिर निस्किएर राम्रो अवस्थामा फेरि फर्कने विश्वास व्यक्त गर्दै क्रिकेटलाई अगाडि बढाउने बताएका छन् ।

प्रकाशित : १० मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्