ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु



धनगढीः कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।

पूवपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिकाको चौमालामा मंगलबार ना ३ ख ५९४२ नम्बरको ट्रकले सुपप्र ०१०० नप ९७६ को मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक गोदावरी नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार सोही ठाउँका २४ वर्षीय प्रेम चौधरी घाइते भएका छन् ।

चौधरीको निधार, हात र खुट्टामा चोट रहेको छ । ट्रक र चालक, कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का ४१ वर्षीय पुष्कर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित :१० मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्