मकवानपुरको देउरालीमा सुमो दुर्घटना



मकवानपुर : काठमाडौं–हेटौंडा सडकखण्डको देउरालीमा टाटा सुमो दुर्घटना भएको छ । दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन् । 

सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना१ज ४४३२ नम्बरको सुमो मकवानपुरको देउराली भन्ने स्थानमा दुर्घटना भएको हो । सुमोको ब्रेक पाइप फुटेर दुर्घटना भएको चालकले जानकारी दिएका छन् । 

पाइप फुटेर ब्रेकले काम नगर्ने भएपछि सडकको कुनातर्फ ठोक्किएको गाडी सडकमै पल्टिएको हो । 

प्रतिक्रिया दिनुहोस्